राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक घटनाक्रम

1. नयां दल खोल्न भुतपुर्व प्रधानमन्त्रीहरु, राष्ट्रिय पंचायतका अध्यक्षहरु, पुर्व मन्त्रीहरु र पुर्व रापंसहरु आदिको प्रारम्भिक बैठक - २०४७ बैशाख ५

2. भुतपुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र भुतपुर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) को एकै दिनमा स्थापना - २०४७ जेठ १५

3. राप्रपा (थापा) को केन्द्रीय सम्मेलन - २०४७ फागुन २०-२२

4. २०४७ बैशाख २९ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा (चन्द) का १५४ निर्वाचन क्षेत्रमा खडा भएका उम्मेदवारहरुले कुल ४,७८, ६०४ (६.५६% ) मत सहित सिन्धुपाल्चोक-३ बाट पशुपति शंसेर ज ब रा, नुवाकोट-१ बाट डा. प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य एवं राप्रपा (थापा) का १६३ उम्मेदवारहरुले ३,९२, ४९९ (५.३८%) मत हासिल गरेपनि दार्चुला-२ बाट मात्र श्री अकवर बहादुर सिंह बिजय हुनुभयो ।

5. राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बीच एकीकरण भई राष्ट्रिय प्रजातन्त्र पार्टी नामाकरण र अध्यक्षमा सुर्य बहादुर थापा, पार्टी नेतामा लोकेन्द्र बहादुर चन्द र सह- अध्यक्षमा राजेश्वर देवकोटा रहने सामूहिक नेतृच्व- २०४८ माघ २५ गते श्रीपन्चमी

6. पहिलो स्थानिय निर्वाचन २०४९ मा राप्रपाले ३ जिल्ला बिकास समिति सभापति (कपिलवस्तु, जाजरकोट र रसुवा), ७ जि.बि.स. उपसभापति, २ मेयर, १ उपमेयर ३९० गा.बि.स. अध्यक्ष, ३७६ उपाध्यक्ष र ३७०५ वडाध्यक्ष निर्वाचित भएका थिए जुन कुल परिणामको ९.७ % हुन आउंछ ।

7. राजेन्द्र प्रसाद लिंगदेनको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन केन्द्रीय समिति गठन - २०४९ मंसिर २८

8. राप्रपाको प्रथम केन्द्रीय महाधिवेशनबाट त्रय नेता, त्रय उपाध्यक्ष, त्रय महामन्त्री र द्वय प्रवक्ता रहने व्यवस्था सहित निर्विरोध निर्वाचन-२०५० जेठ २९ देखि असार २

9. मध्यावधी निर्वाचन २०५१ मा २०२ निर्वाचन क्षेत्रमा उम्मेदवारहरु खडा भई कुल १३, ६७, १४८(१७.९३%) मत र २० सीटमा बिजय हासिल गर्यो । ३४ निर्वाचन क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी ।

10. महोत्तरी-३ बाट निर्वाचित राप्रपा सांसद राम बिलास यादव प्रतिनिधि सभाको उपसभामुख निर्वाचित ।

11. राप्रपा सन १९९४ मा International Democratic Union को सदस्य बनेको छ ।

12. शेरबहादुर देउवा नेतृत्वको नेका-राप्रपा-नेसपा संयुक्त मन्त्रीपरिषदमा पार्टीगत रुपमा राप्रपाको पहिलो मन्त्रीको रुपमा कमल थापा कानून तथा न्याय र संसदीय मन्त्री नियुक्त - २०५२ भदौ २७ गते

13. नेकपा एमाले, राप्रपा र नेसपाको समर्थनमा राप्रपा सांसद लोकेन्द्र बहादुर चन्द राप्रपाको पहिलो प्रधानमन्त्री नियुक्त- २०५३ फागुन २७ गते

14. दोस्रो स्थानिय निर्वाचन २०५४ मा राप्रपाले ४ जिल्ला बिकास समिति सभापति (बैतडी, कालिकोट, रुपन्देही र सिरहा) १२ जि.बि.स. उपसभापति, ३ मेयर, ३०८ गा.बि.स. अध्यक्ष, ३१६ उपाध्यक्ष र कुल ४३२८ (१२.६%) जनप्रतिनिधि निर्वाचित भएका थिए ।

15. सुर्यबहादुर थापा राप्रपा-नेका-नेसपा संयुक्त सरकारको प्रधानमन्त्री नियुक्त - २०५४ असोज २०

16. आफ्नै पार्टीको सरकार ढालेर सुर्यबहादुर थापा प्रधानमन्त्री बनेको बिबाद चर्कदै गएर राप्रपा बिभाजन भइ २०५४ पुष २५ मा पुन: राप्रपा (चन्द) गठन ।

17. बिभाजनको कारण स्वरुप २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपा ९,०२,३२८(१०.१४%) मत र ११ सिटमा खुम्चन पर्यो । जबकी राप्रपा (चन्द) ले २,९५,८१२ (३.३३%) मत प्राप्त गर्यो ।

18. राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो महिला सांसद - मा. रेणु यादव, सप्तरी-३, प्रतिनिधि सभा सदस्य निर्वाचन २०५६

19. २०५६ मा पुन: राप्रपा र राप्रपा(चन्द) बीच एकीकरण ।

20. लोकेन्द्र बहादुर चन्दको प्रधानमन्त्रीमा नियुक्ति- २०५९ असोज २५

21. राप्रपाको नेतृत्व हस्तान्तरण प्रकृया स्वरुप २०५९ मंसीर २६-२८ पोखरामा सम्पन्न तृतीय केन्द्रीय महाधिवेशनबाट पशुपति शंसेर जबरा अध्यक्ष निर्वाचित । डा. प्रकाशचन्द्र लोहनी र रबीन्द्रनाथ शर्मा पनि उम्मेदवार बन्नु भएको थियो ।

22. राप्रपा नेता सु्र्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भई राप्रपाकै मन्त्रीहरु रहेको ७ सदस्यीय सरकार गठन- २०६० जेठ । राप्रपाकी पहिलो महिला राज्य मन्त्री रेणु यादव ।

23. रिक्त स्थानिय निकायमा सरकारले जिल्ला बिकास समिति सभापति, उपसभापति, मेयर, उपमेयर हरु मनोनयन ।

24. नेकपा (माओवादी) ले राप्रपाका केन्द्रीय सदस्य पुर्वमन्त्त्री एवं सिरहा-३ का सांसद कृष्णचरण श्रेष्ठ, अर्घाखांची जिल्ला अध्यक्ष शोभाषर भुषाल, मेयरहरु गोपाल गिरी - वीरगंज, हर्क बहादुर गुरुग-पोखरा, धनबहादुर बम-धनगढी, राजेन्द्र श्रीबास्तव-गुलरिया, गीतानिधि रायमाझी-इटहरी आदि नेता कार्यकर्ताको हत्या ।

25. सरकार पार्टीसॅग समन्वय नगरी आफु खुशी चलेकोले राप्रपा केन्द्रीय कार्य समितिको बैठकमा २७ के स को बहुमतको निर्णयले प्रम सुबथालाई राजिनामा दिन अल्टिमेटम दिने प्रस्ताव पास, ६ जना बिपक्षमा, २ जना तटस्थ र २ जना अनुपस्थित - २०६० मंसिर २

26. सरकारबाट बहिर्गमन पश्चात सुबथाद्वारा राष्ट्रिय जनशक्ति पार्टी स्थापना । डा. प्रकाशचन्द्र लोहनी सहअध्यक्ष मनोनित- २०६२ जेठ ४

27. २०६२ पौष २४-२६ मा अन्तरार्ष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बोलाइएको विशेष केन्द्रीय महाधिवेशनले विधान संशोधन गरी अध्यक्ष पशुपतिशंसेर जबरालाई अविश्वास प्रस्ताव पारित गरि हटाएर रिक्त अध्यक्ष पदमा गृहमन्त्री कमल थापा निर्विरोध निर्वाचित । तर पछि निर्वाचन आयोगले राप्रपाको मान्यता पशुपति शंसेरको नेतृत्वलाई नै दिने निर्णय गरेकोले कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपाल नामाकरण ।

28. राप्रपाको चौथो महाधिवेशन पशुपति शंसेर जवरालाई नै पुन: अध्यक्ष निर्वाचित गरी २०६४ मंसीर २३-२५ गते काठमाडौमा सम्पन्न ।

29. राप्रपा र राजपा बीच एकीकरण गरि राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी नामाकरण । तत्पश्चात भएको महाधिवेशनले पार्टीको नाम राप्रपा नै कायम गर्ने निर्णय ।

30. संविधान सभाको पहिलो निर्वाचनमा समानुपातिक तर्फ राप्रपाले ८ सिट, राप्रपा नेपालले ४ सिट र राजपाले ३ सिट हासिल गरे ।

31. राप्रपा नेपालको राष्ट्रिय सम्मेलन ललितपुरमा २०६६ भदौ २९-३१ र अर्को २०७० माघ १४-१६ मा काठमाडौंमा सम्पन्न ।

32. राप्रपा नेपालको केन्द्रीय बिस्तारित बैठक, बिरगंज- २०६९ असोज १३-१५

33. राप्रपा नेपालद्वारा ऐतिहासिक जनकपुर-लुम्बिनी- बिन्दबासिनी-पशुपतिनाथ रथयात्रा सम्पन्न - २०६९ पुष २-११

34. राप्रपा नेपालद्वारा गोरखाबाट प्रारम्भ गरि देशभर राष्ट्रिय एकता यात्रा - २०७०

35. २०७० मंसिर ४ मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा राप्रपाले प्रत्यक्ष तर्फ ३ सिट, समानुपातित तर्फ राप्रपाले ९ सिट र राप्रपा नेपालले ६,३०,६९७ मत सहित २४ सिट

36. राप्रपा नेपालको महाधिवेशन । पदमसुन्दर लावतीलाई पराजित गर्दै कमल थापा अध्यक्ष पदमा निर्वाचित - २०७१ जेठ १०- १३

37. कमल थापा उपप्रधानमन्त्री नियुक्त : केपी ओलीको सरकारमा २०७२ असोज २५, प्रचन्डको सरकारमा २०७३ फागुन ४ र देउवा सरकारमा २०७४ असोज २८

38. पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एकता - २०७३ मंसिर ६ गते

39. एकता महाधिवेशन । कमल थापा अध्यक्षमा निर्वाचित - २०७३ फागुन ६ गते

40. डा. प्रकाशचन्द्र लोहनीको राप्रपाबाट बहिर्गमन भइ एकिकृत राप्रपा (राष्ट्रवादी) को नेतृत्व ग्रहण- २०७३ चैत १९ गते

41. राप्रपा विभाजन, पशुपतिशमशेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन - २०७४ साउन २२ गते

42. सर्वोच्च अदालतले राप्रपा विभाजनलाई मान्यता - २०७४ भदौ २२ गते

43. २०७४ मंसिर १० र २१ गते भएको संसदीय निर्वाचनमा राप्रपालाई संघमा १ सिट, प्रदेशमा ३ सिट/राप्रपा (प्रजातान्त्रिक) लाई प्रदेशमा १ सिट मात्रै ।

44. राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा.लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी एकता भइ राप्रपा संयुक्त गठन - २०७५ माघ १८

45. राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकता, त्रय अध्यक्ष( राणा, थापा र लोहनी) को अवधारणामा एकता - २०७६ फागुन २८ गते

46. २०७८ मंसिर १५-१९ सम्म काठमाडौंमा पुन: एकता महाधिवेशन । कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित ।

47. २०७८ माघ २२ गते कमल थापाले पार्टी परित्याग गरि फागुन ७ गते राप्रपा नेपालको नेतृत्व ग्रहण ।

48. राप्रपाका नवन

पछिल्लो समचार