1. नयां दल खोल्न भुतपुर्व प्रधानमन्त्रीहरु, राष्ट्रिय पंचायतका अध्यक्षहरु, पुर्व मन्त्रीहरु र पुर्व रापंसहरु आदिको प्रारम्भिक बैठक - २०४७ बैशाख ५
2. भुतपुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र भुतपुर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) को एकै दिनमा स्थापना - २०४७ जेठ १५
3. राप्रपा (थापा) को केन्द्रीय सम्मेलन - २०४७ फागुन २०-२२
4. २०४७ बैशाख २९ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा (चन्द) का १५४ निर्वाचन क्षेत्रमा खडा भएका उम्मेदवारहरुले कुल ४,७८, ६०४ (६.५६% ) मत सहित सिन्धुपाल्चोक-३ बाट पशुपति शंसेर ज ब रा, नुवाकोट-१ बाट डा. प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य एवं राप्रपा (थापा) का १६३ उम्मेदवारहरुले ३,९२, ४९९ (५.३८%) मत हासिल गरेपनि दार्चुला-२ बाट मात्र श्री अकवर बहादुर सिंह बिजय हुनुभयो ।