सम्वर्द्धनवादको दार्शनिक जगमा उभिएको मौलिक राजनीतिक दल ।
अध्यक्षको सन्देश
राष्ट्रिय प्रजातन्त्र पार्टीतपाई हामी हजारौं पार्टी सदस्यकोअथक मिहिनेत र परिश्रमबाट हुर्काउदै, बढाउँदै ल्याएको तीन दशक लामो प्रजातान्त्रिक अनुभवले खारिएको नेपाल र नेपालीको एक मात्र गौरवशाली पार्टी हो ।राप्रपा प्रजातन्त्र प्रति मन, वचन र कर्मले प्रतिबद्ध सु-स्पष्ट विचार र अलग पहिचान सहितको राजनीतिक दल हो । हरेक निर्णयमा पारदर्शिता, सहभागिता,जवाफदेहीता र पार्टीका प्रत्येक सदस्यले अपनत्व लिन सक्ने आन्तरिक लोकतन्त्रको अभ्यासले मात्र बलियो र दिगो लोकतन्त्र बनाउन मद्धत गर्नेछ भन्नेमा म स्पष्ट छु ।
राप्रपाको उन्नति, प्रगति देख्न चाहनु भएका शुभेच्छुक, शुभचिन्तकलाई पार्टीको सदस्यता बन्न अनुरोध गर्दै सदा झै सहयोग र सदभावको अपेक्षा राखेको छु ।
अन्त्यमा, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा प्रतिबद्ध रहने संकल्प गर्दछु ।