म यस पार्टीको सिद्धान्त​, नीति, विधान र कार्यक्रमलाई निःसर्त रुपमा पालना गर्न मञ्जुर गर्दछु ।
मैले पार्टीको विधानमा उल्लेखित मापदण्ड पूरा गरेकोले

म राष्ट्रिय प्रजातन्त्र पार्टीकोसाधरण सदस्य / सक्रिय सदस्य बन्न चाहान्छु ।

राजेन्द्र लिङ्देन
अध्यक्ष
अध्यक्षको सन्देश

हाम्रो गौरवशाली पार्टी राप्रपा हालै आफ्नो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरि नयाँ आशा, नयाँ सपना र उर्जा उत्साह बोकेर पार्टी जीवनको नयाँ यात्राको चरणमा छ । महाधिवेशनलाई सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पार्टी स्थापनाको ३१ वर्षका आरोह अवरोहका बीच पनि पार्टीलाई आजको अवस्थासम्म ल्याउन योगदान दिनुभएका संस्थापक नेताहरू एवं अग्रजहरुमा सम्मान व्यक्त गर्दछु । राप्रपाको सदस्य भएकै कारण ज्यान गुमाउन पुग्नुभएका सहिदहरु प्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु । यतिखेर हामी पार्टी जीवनको कठिन, चुनौतीपूर्ण तर महत्त्वपूर्ण क्षणमा छौं । राप्रपा तपाई हामी हजारौं पार्टी सदस्यको रगत पसिनाले सिंचित गर्दै, अथक मिहिनेत र परिश्रमबाट हुर्काउदै, बढाउँदै आजको अवस्थामा ल्याइएको नेपाल र नेपालीको गौरवशाली पार्टी हो । संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, सुदृढ स्थानीय निकाय...
थप पढ्नुहोस् [+]

प्रतिनिधि सभा/प्रदेश सभा सदस्य
प्रतिनिधि सभा सदस्य

मा. राजेन्द्र लिङ्गदेन
झापा नि. क्षेत्र नं. ३

प्रदेश सभा सदस्य

मा. रीता माझी
रामेछाप नि. क्षेत्र नं. १(ख)

मा. इन्दीरा राई
झापा नि. क्षेत्र नं. ५(क)

मा. रीना गुरुङ्ग
चितवन नि. क्षेत्र नं. ३(ख)

मा. सुसीला शाही
कालिकोट नि. क्षेत्र नं. १(ख)

राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक घटनाक्रम थप पढ्नुहोस्

1. नयां दल खोल्न भुतपुर्व प्रधानमन्त्रीहरु, राष्ट्रिय पंचायतका अध्यक्षहरु, पुर्व मन्त्रीहरु र पुर्व रापंसहरु आदिको प्रारम्भिक बैठक - २०४७ बैशाख ५

2. भुतपुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र भुतपुर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) को एकै दिनमा स्थापना - २०४७ जेठ १५

3. राप्रपा (थापा) को केन्द्रीय सम्मेलन - २०४७ फागुन २०-२२

4. २०४७ बैशाख २९ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा (चन्द) का १५४ निर्वाचन क्षेत्रमा खडा भएका उम्मेदवारहरुले कुल ४,७८, ६०४ (६.५६% ) मत सहित सिन्धुपाल्चोक-३ बाट पशुपति शंसेर ज ब रा, नुवाकोट-१ बाट डा. प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य एवं राप्रपा (थापा) का १६३ उम्मेदवारहरुले ३,९२, ४९९ (५.३८%) मत हासिल गरेपनि दार्चुला-२ बाट मात्र श्री अकवर बहादुर सिंह बिजय हुनुभयो ।

सामाजिक संजालमा राप्रपा