लोड हुँदैछ...
+977-1-4524140
×
होमपेज

सूचना

Digital Content Competition – श्री ५ पृथ्वीनारायण शाह

8/16/24

श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई डिजिटल युगमा सम्मान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजना गरिएको Digital Content Competition मार्फत राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान, दर्शन र राष्ट्रिय एकताको सन्देशलाई डिजिटल माध्यममा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको छ।

यस प्रतियोगिताको उद्देश्य युवापुस्तालाई इतिहास, राष्ट्रवाद र मौलिक नेपाली पहिचानसँग जोड्दै सर्जनात्मक तथा सन्देशमूलक कन्टेन्ट निर्माणतर्फ प्रेरित गर्नु हो।

 

📌 प्रतियोगिताका मुख्य नियमहरू

  • सहभागिता TikTok, Instagram वा Facebook मध्ये कुनै एक मात्र प्लेटफर्मबाट गर्नुपर्नेछ।

  • कन्टेन्ट श्री ५ पृथ्वीनारायण शाह सम्बन्धी मौलिक तथा सन्देशमूलक हुन अनिवार्य।

  • पोस्ट गर्दा राप्रपाका सबै आधिकारिक सामाजिक सञ्जाल
    👉 @rppfornepal अनिवार्य रूपमा mention गर्नुपर्नेछ।

  • Paid boost वा promotion पूर्ण रूपमा निषेध गरिएको छ।

  • विजेता छनोट Views को आधारमा गरिनेछ।

  • अन्तिम समय: २०८२ पौष २५ गते राति १२ बजेसम्म

  • कन्टेन्ट पोस्ट गरेपछि तलको लिंकमा गई फर्म भरी submit गर्नु अनिवार्य:
    👉 https://rpp.org.np/page/digital-content-competition

 

🎯 किन सहभागी हुने?

  • आफ्नो सिर्जनात्मक क्षमता राष्ट्रिय स्तरमा देखाउने अवसर

  • राष्ट्रनिर्माताको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम

  • डिजिटल प्लेटफर्ममा पहिचान र प्रभाव बढाउने मौका

  • आकर्षक पुरस्कार तथा सम्मान

 

🇳🇵 अब तपाईंको पालो!

इतिहास केवल पढ्ने विषय होइन, महसुस गर्ने र फैलाउने शक्ति हो
डिजिटल माध्यम प्रयोग गरेर श्री ५ पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणको दर्शनलाई आजको पुस्तासम्म पुर्‍याऔँ।

आजै कन्टेन्ट तयार गर्नुहोस्, पोस्ट गर्नुहोस् र फर्म submit गर्न नबिर्सनुहोस्।

Your RPP Journey Starts Here

Sign up and we'll send the latest update to you

राज्यका संरक्षक बन्नुहोस्

राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्‍याउनेहरूलाई नष्ट गर्नुहोस्।

अंक पर्याप्त भएन। पुन: प्रयास गर्नुहोस् र राष्ट्रको रक्षा गर्नुहोस्!

तपाईंको स्कोर: 0

एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।

तपाईंको स्कोर: 0 / 500
↑ Top