राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै लिङ्देनले सम्पत्ति शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।
"लामिछानेको सम्पत्ति छानबिन हुनुहुँदैन भन्ने होइन, अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको ? वरीपरीकाको गर्नुपर्ने कि नपर्ने गरौँ । मेरो र परिवारको गरौँ", लिङ्देनको आग्रह छ । तर उनले आफूलाई चित्त बुझेन, मन परेन भनेमात्र त्यस्ता डण्डा चलाउन नहुने भन्दै अहिलेका प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्ने बताए ।
"सत्ताको कुन प्रकारको दुरुपयोग हो ? भन्ने कुराको नमुना पनि हो । उनलाई छानबिन भन्दा पनि सोध्न पर्यो", लिङ्देनको भनाइ छ ।
राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्याउनेहरूलाई नष्ट गर्नुहोस्।
तपाईंको स्कोर: 0
एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।