+977-1-4524140
×
होमपेज

समाचार

राप्रपाले महानगरलाई बुझायो एक लाख जरिबाना

8/16/24

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकालाई जरिबाना बुझाएको छ । महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो ।

 

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरको दाबी छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको हो ।

 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आज दाखिला गरेको बताएका छन् ।

 

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं ’, उनले फेसबुकमा लेखेका छन् ।

Share

Your RPP Journey Starts Here

Sign up and we'll send the latest update to you
हलोलाई समर्थन (Support Halo)

राज्यका संरक्षक बन्नुहोस्

राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्‍याउनेहरूलाई नष्ट गर्नुहोस्।

अंक पर्याप्त भएन। पुन: प्रयास गर्नुहोस् र राष्ट्रको रक्षा गर्नुहोस्!

तपाईंको स्कोर: 0

एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।

तपाईंको स्कोर: 0 / 500
↑ Top