+977-1-4524140
×
होमपेज

समाचार

विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौँ, तपाईंहरुसँग चुनाव हामी लड्छौं ।

8/16/24

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी दलका नेताहरूलाई चुनाव लड्न आफूहरू नै काफी रहेको जवाफ दिएका छन् । राजाविरोधीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न आउन चुनौती दिएपछि लिङदेनले जवाफ फर्काएका हुन् ।

 

वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले राजालाई ललकार्दैछन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौं । राजाले चुनाव लड्ने होइन । चुनाव लड्न हामी जस्ता मानिसहरू छौं । हामी चुनाव लड्छौं ।’

 

उनले आफूहरूले खोजेको राजा चुनाव लड्नेखालको नभएको बताए ।

 

अध्यक्ष लिङदेनले भने, ‘हामीले खोजेको राजा राजनीतिक दलको होइन, देशको राजा हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’

Share

Your RPP Journey Starts Here

Sign up and we'll send the latest update to you
हलोलाई समर्थन (Support Halo)

राज्यका संरक्षक बन्नुहोस्

राष्ट्रको सुरक्षाका लागि ५०० अंक प्राप्त गर्नुहोस्। जनताको हलो प्रयोग गरी स्थायित्वमा खतरा पुर्‍याउनेहरूलाई नष्ट गर्नुहोस्।

अंक पर्याप्त भएन। पुन: प्रयास गर्नुहोस् र राष्ट्रको रक्षा गर्नुहोस्!

तपाईंको स्कोर: 0

एक शक्तिशाली राष्ट्रलाई निरन्तर सतर्कता चाहिन्छ।

तपाईंको स्कोर: 0 / 500
↑ Top